Logo
७ बैशाख २०८१, शुक्रबार
(November 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्दा नचलाउन घुस लिने सह-न्यायाधिवक्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : मुद्दा नचलाउन घुस लिने उच्च सरकारी वकिल कार्यालय, पोखराका सह-न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मंगलबार अख्तियारले थापा विरुद्ध पाँच लाख बिगो, सोही बराबरको जरिवाना र कैद सजाय हुनुपर्ने माग गरेको छ। कास्कीका सह-न्यायधिवक्ता थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग पाँच लाख घुस लिँदालिँदै पक्राउ परेका थिए।

अख्तियारले विशेष सूचनाका आधारमा थापालाई असोज २४ गते घुस रकमसहित नियन्त्रणमा लिएको थियो । थापाविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

प्रकाशित मिति: Nov 13, 2018

प्रतिक्रिया दिनुहोस्