Logo
१५ चैत्र २०८०, बिहीबार
(November 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षीय बालिका मृत फेला, बलात्कारपछि हत्या भएकाे हुन सक्ने अाशंका

गाईघाट : उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् ।

मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कार पछि छोरीको हत्या गरेको जिकिर गर्नुभयो ।गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उहाँले जानकारी दिनुभयो ।

आगलागी हुँदा एकघर र गोठ नष्ट 

उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–६ स्थित बेल्टार बजारमा आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा स्थानीय सुबार राईको घर र गोठ जलेर नष्ट भएको छ ।

चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिकाको दमकलले झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको र आगलागीबाट राईको रु २२ लाख बराबरको सामान क्षति भएको बेल्टार इलाका प्रहरी कार्यालयका प्रमुख गङ्गाप्रसाद पौडेलले बताउनुभयो ।आगलागीबाट राईको घरमा रहेका सात तोला सुन, रु दुई लाख नगदसहित अन्नपानी लत्ताकपडा र दुईतले काठको घरका साथै घर नजिकै रहेको गोठ र सुँगुरको खोर पनि जलेर नष्ट भएको बताइएको छ ।

प्रकाशित मिति: Nov 12, 2018

प्रतिक्रिया दिनुहोस्