Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार नियन्त्रण गर्छौं : मुख्यमन्त्री लालबाबु राउत

सर्लाही : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आज यहाँ आयोजित शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्य समस्या कुशासन, भ्रष्टाचार र अनियमितता हो त्यसलाई नियन्त्रण गरिन्छ भन्नुभयो ।

प्रदेश नं २ को आठ वटै जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्दै त्यसलाई समाप्त गर्ने उहाँले बताउनुभयो । उहाँले प्रदेशमा सुशासन कायम गर्न सुशासनसम्बन्धी विधेयक प्रदेशसभामा लग्ने जानकारी दिनुभयो ।

कार्मचारी नहँुदा प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, “कर्मचारी माग्दा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउँदैन् । पठाए पनि केही महीना अवकाश हुन बाँकी रहेका कर्मचारी पठाउने गर्छ ।”

“प्रदेश नं २ मा पाँच हजार कर्मचारी आवश्यक छ । तर कर्मचारी नहँुदा नीति कार्यक्रम लागू हुन सकेको छैन,” राउतले भन्नुभयो, “जनता प्रदेश सरकारले केही गरेन भन्छ । तर कर्मचारी नै नभएपछि कसरी काम गर्ने ?” उहाँले सङ्घीय सरकारले कर्मचारी नदिए करारमा कर्मचारी नियुक्त गर्ने बताउनुभयो ।

प्रकाशित मिति: Nov 12, 2018

प्रतिक्रिया दिनुहोस्