Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशका मन्त्री चढ्ने गरेको जिप कैलालीमा दुर्घटना, तीनजना घाइते

कैलाली – कैलालीमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेशका चढ्ने गरेको बा २ झ ३१२५ नम्बरको गाडी राति पौने ९ बजे गौरीगंगा नगरपालिका–८ बढैपुरमा मोटरसाइकलसँग ठोक्किएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिपले से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षका सुरेन्द्र चन्द, पछाडी बसेका भरतबहादुर बोहोरा र जिपका चालक धोजेन्द्र शाह घाइते भएका हुन् ।

चन्दलाई उपचारका लागि काठमाडौँ रिफर गरिएको र शाहको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी प्रमुख आभूषण तिम्सिनाले बताएका छन् ।

जिप दुर्घटना भएका बेला त्यसमा प्रदेशमा मन्त्री नरहेको उनले बताए । तर कुन मन्त्रीलाई कता छोडेर फर्किँदा जिप दुर्घटनामा परेको भन्ने उनले खुलाएनन् ।

प्रकाशित मिति: Nov 10, 2018

प्रतिक्रिया दिनुहोस्