Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल संवतको नयाँ वर्ष ११३९ आरम्भ : नेवार समुदायको बाहुल्यता रहेका स्थानमा उल्लास 

काठमाडौं : विहीबारदेखि नेपाल संवतको नयाँ वर्ष ११३९ आरम्भ भएको छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धर बताउँछन् । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

राष्ट्रिय विभूति शफ्धर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरेको दिनलाई नेवाल संवतको सुरुवातको दिन मानिन्छ ।काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रूपमा विशेष तरिकाले मनाउने गरिन्छ ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । नेवार समुदायले ‘भिन्तुना र्‍याली’ निकालेर नयाँ वर्षको स्वागत गर्छन् । काठमाडौं उपत्यकामा भक्तपुर, पाटन, कीर्तिपुर, बसन्तपुर परिक्रमा गरी फर्किएको र्‍यालीलाई विभिन्न स्थानमा सगुन दिएर बिशेष स्वागत गरिएको ठमेल किसान क्लबका अध्यक्ष युगेश महर्जनले जानकारी दिए ।

ठमेलचोक पुग्दा भिन्तुना र्‍याली र सांस्कृतिक कार्यक्रममा विदेशी पर्यटक पनि झुम्दै थिए । आन्तरिक र वाहृय पर्यटकलाई स्थानीय महिलाहरु सगुन दिएर नचाउँदै थिए । नेपाल संवत नयाँ वर्षका अवसरमा नेवार समुदायले पहिचानवादी नेता पद्यरत्न तुलाधरप्रति पनि शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Nov 8, 2018

प्रतिक्रिया दिनुहोस्