Logo
७ बैशाख २०८१, शुक्रबार
(November 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहारलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा

काठमाडौँ :  तिहारलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार तिहार, छठजस्ता चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थामा कडा पारिएको हो ।

उनले भने,‘ तिहारको समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।’ तिहारलाई लक्षित गदै विभिन्न युनिटमा प्रहरी परिचालन गरिएको थापाको भनाई छ ।

यता, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्न प्रहरी क्रियाशिल रहेको बताए ।

प्रकाशित मिति: Nov 7, 2018

प्रतिक्रिया दिनुहोस्