Logo
७ बैशाख २०८१, शुक्रबार
(November 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यामरुनको एक विद्यालयबाट असी बालबालिका अपहरित

क्यामरुन : क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ७९ बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ ।

विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको छ । बामेन्दा इलामा रहेको यस प्रस्बाइटेरिआन निम्न माध्यामिक विद्यालयमा प्रवेशद्धारमा सुरक्षाको लागि खटिएका गार्डलाई जबरजस्ती हटाएर केही व्यक्तिहरु विद्यालयमा प्रवेश गरी सुरतिरहेका बालबालिकालाई अपहरण गरेको बताइएको छ ।

सशस्त्र आएका यी व्यक्तिहरुले ती बालबालिका र प्रधानाध्यापकसहित अन्य तीन व्यक्तिलाई पनि अपरहण गरेका थिए । यस अपहरणपछि प्रहरी र सैनिक अधिकारीहरुले अपहरित व्यक्तिको खोजी भइरहेको बताएका छन् ।
अङ्ग्रेजीभाषी यी पृथकतावादी लडाकूहरुले क्यामरुनबाट अलग हुन पाउनुपर्ने माग राखेर संघर्ष गरिरहेका छन् ।

यी अपहरणकारीहरु ती बालबालिकालाई प्राय अशान्त भइरहने क्यामरुनको उत्तर र दक्षिणपश्चिमी क्षेत्रमा लगेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रकाशित मिति: Nov 6, 2018

प्रतिक्रिया दिनुहोस्