Logo
१३ बैशाख २०८१, बिहीबार
(November 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको बैठक सुरुहुनुअघि देउवा र पौडेलबीच गोप्य भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरुहुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गोप्य भेटवार्ता भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्नेबारे औपचारिक निर्णय गर्ने छ । उक्त मिति कहिले तोक्ने भन्नेबारेमा निर्णय लिन दुईनेताबीच वार्ता भएको हो ।

कांग्रेसको महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको छ ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुनेछ । बैठकमा भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुनेछ ।

काङ्ग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

 

प्रकाशित मिति: Nov 6, 2018

प्रतिक्रिया दिनुहोस्