Logo
७ बैशाख २०८१, शुक्रबार
(November 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रापा एकताका लागि औपचारिक प्रयास सुरु : कमल थापा र पशुपतिशमशेरबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीच पार्टी एकिकरणको औपचारिक प्रयास सुरु भएको छ ।मंगलबार बिहान दुवै पार्टीका अध्यक्षहरुबीच पार्टी एकिकरणका लागि वार्ता भएको हो ।

राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार बिहान महत्वपूर्ण भेटघाट र वार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिइ समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार पार्टी एकिकरणका सम्बन्धमा दुवै नेताबीच छलफल भएको उनले जानकारी दिए ।

पार्टी एकताका लागि भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको पनि उनले जानकारी दिए । नेपालको प्रजातान्त्रिक शक्ति मध्यको एक राप्रपा पार्टी पटक पटक फुट्ने र जुट्ने गरेको छ ।

प्रकाशित मिति: Nov 6, 2018

प्रतिक्रिया दिनुहोस्