Logo
७ बैशाख २०८१, शुक्रबार
(November 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा अत्यधिक प्रदूषण, विद्यासुन्दर भन्छन्– हतार नगरौँ मेनोरेल आउछ !

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा अत्यधिक प्रदूषण बढेको छ । वातावरण विभागका अनुशार मुलुकको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं सहर रहेको पाइएको हो । विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ ।

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ ।

शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार काठमाडौंको रत्नपार्कमा सोमबार बिहान ४२ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । साँझ ६ बजे प्रदूषणको मात्रा बढेर ९३ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ ।
यसैगरी, आइतबार काठमाडौंको औषत प्रदूषण ८८ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेकोे थियो ।

शनिबार ७३ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा शुक्रबार ६७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।यस्तै, बिहीबार ७७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा गत बुधबार ८४ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।

प्रदूषणको दोस्रो स्थानमा रहेको नेपालगन्जमा सोमबार २४ घण्टाको पीएम २ दशमलव ५ को औसत प्रदूषणको मात्रा ७५ दशमलव ३३ माइक्रोग्राम प्रतिक्युबिक मिटर पुगेको पाइएको छ । सोमबार बिहान ४१ रहेको प्रदूषणको मात्रा साँझ ६ बजे १ सय १८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको केन्द्रकी वातावरण निरीक्षक खनालले जानकारी दिइन् ।

यसैगरी, आइतबार नेपालगन्जको औसत प्रदूषण ८१ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको थियो । यस्तै, गत शनिबार ७४ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो । शुक्रबार ७५ दशमलव ८, बिहीबार ७३ दशमलव ७ र बुधबार ६१ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको वातावरण विभागको प्रदूषण नियन्त्रण तथा नियमन शाखाले जनाएको छ ।

यसैगरी, सोमबार मुलुकभरको प्रदूषणको तेस्रो स्थानमा रहेको दाङमा पीएम २ दशमलव ५ को औसत प्रदूषण मात्रा ५० दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । यता काठमाडौंमा बढ्दो प्रदूषण रोक्न र यातायात समस्या हल गर्न मनोरेल चलाइने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य बताए ।

उनका अनुशार रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शंक गर्न आवश्यक छैन । सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने बताउँदै उनले भने,‘निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति: Nov 6, 2018

प्रतिक्रिया दिनुहोस्