Logo
१२ बैशाख २०८१, बुधबार
(November 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या

काठमाडौं : प्रदेशमा ‘कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या देखिन थालेको छ । सातैप्रदेशले ठूलो आकारको बजेट ल्याएपनि कार्यान्वयन गराउन कर्मचारीको चरम अभाव छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौतिक पूर्वाधार र आवश्यक कर्मचारी अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयमा अप्ठ्यारो परेको बताए ।

उनका अनुशार विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा र निजामती सेवा ऐन सम्बन्धमा सङ्घीय सरकारले तुरुन्त बाटो नखोले सङ्घीयता नै खतरामा पर्नेछ ।

मुलुक सङ्घीय संरचनामा गएपनि सङ्घीयता मैत्री कानून अझै बन्न नसकेको उनको भनाई छ । यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताएका छन् ।

उनले भने, ‘राजनीतिक नेतृत्वले सङ्घीयताको मर्म कर्मचारी संयन्त्रलाई बुझाउन नसकेकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको छ ।’

मन्त्रीहरुले पनि कर्मचारीलाई परिवर्तनको मर्म बुझाउनेभन्दा उनीहरुबाटै प्रशिक्षित भएर यथास्थितिमा रमाउने खतरा देखिएकाले यसप्रति सचेत हुन आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको नयाँ ऐन बनाएर आगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति: Nov 6, 2018

प्रतिक्रिया दिनुहोस्