Logo
|| November 5, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुतिरहेका बेला अज्ञात समूहद्वारा गोली हानी हत्या

बर्दिया : बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको र उपचारको क्रममा मृत्य भएको थियो ।

उक्त समूहले घरमा रहेको पाँच लाख पनि लुटेर लगेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले खटिकको मृत्यु भएको सूचना आफूले पाएको तर गोली लागि भएको वा अन्य कारण बारे शव परीक्षणपछि मात्रै भन्न सकिने बताउनुभयो ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार १३:०२

प्रतिक्रिया दिनुहोस्