Logo
|| November 4, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको ४४ औँ दीक्षान्त समारोहमा १० हजार आवेदक

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४ औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
अनलाइन फारम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिनुभयो ।

यस वर्ष ७३ हजार ९०१ विद्यार्थी दीक्षान्तयोग्य छन् । स्नातकका ५४ हजार ७९४ र स्नातकोत्तरका १८ हजार ८७९ विद्यार्थी छन् । त्यस्तै एमफिलतर्फ १५६ र पिएचडीका ७२ हजार विद्यार्थी समारोहमा सहभागी हुने त्रिविले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार १८:११

प्रतिक्रिया दिनुहोस्