Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहारमा देशभरि कतै पनि लोडसेडिङ नहुने, चमेलियाको बिजुली पनिराष्ट्रिय प्रसारण लाइनमा

काठमाडौं : तिहारमा विद्युतको माग बढेपनि लोडसेडिङ भने नहुने भएको छ । भारतबाट मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमा थप एक सय मेगावाटभन्दा बढी विद्युत खरिद गर्न सकिने, कुलेखानीमा पर्याप्त पानीजम्मा भएकाले पनि यसवर्ष थप सहज रहेको प्राधिकरणको भनाइ छ ।

हाल १२ सय मेगावाट जति रहेको विद्युतको माग तिहारमा १२ सय ७० देखि १३ सय मेगावाटसम्म पुग्ने नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको छ । तर त्यो माग धान्न तयारी गरिसकेको प्राधिकरणका सुचना अधिकारी लिला अर्यालले जानकारी दिइन् ।

यस्तै यही वर्षबाट चमेलियाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाँचमा रहेको आयोजनाको क्षमता ३० मेगावाट रहेको छ ।

तिहारका बेला घर-टोल झिलिमिलि पारिने तथा घरायसी उपकरणको प्रयोग बढ्ने भएकाले विद्युतको माग उच्च हुन्छ । लक्ष्मी पुजाका दिन सबैभन्दा बढि विद्युतको माग हुने गरेको छ । गत वर्ष १३ सय ३० मेगावाटसम्म विद्युतको प्रयोग भएको थियो ।

विद्युतको व्यवस्थापनका हिसावले लोडसेडिङ नभए पनि फल्टको समस्या भने आउन सक्ने प्राधिकरणले जनाएको छ । यसका लागि तयारी अवस्थामा प्राविधिक रहने भएकाले तत्कालै आफ्नो नजिकको कार्यालयमा खबर गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

तिहारको बेला उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले पनि प्राधिकरणलाई विद्युतको माग धान्न सहज हुने भएको हो । यस वर्ष विगतका वर्षमा भन्दा विद्युत व्यवस्थापन गर्न सहज रहेको अर्यालले बताइन् ।

सन् २००७ मा आयोजना निर्माण सुरु गरी २०११ मा सम्मन्न गर्ने लक्ष्य लिइएको थियो । आयोजनामा पाँचपटक समय थप गरेर ११ बर्षमा निर्माण पूरा भएको हो । यसले पनि विद्युत भारमा ठूलो सहयोग मिलेको छ ।

 

 

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्