Logo
१३ बैशाख २०८१, बिहीबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिवंगत नेता तुलाधारप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक अगुवा तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनको खवरले आफुलाई दुःखी बनाएको बताएका छन् ।

आइतबार थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारार्थ नेता तुलाधारको निधन भएको थियो ।

नेपालको वाम आन्दोलनमा उनले पुर्‍याएको योगदान सदा स्मरणीय रहने भन्दै प्रधानमन्त्री ओलीले ट्विट् गरेका छन् ।

उनले दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्