Logo
८ बैशाख २०८१, शनिबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरको बुधनगरसम्म भारतीय रेलको सफल परिक्षण, ओली र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने

विराटनगर: भारतको बथनाबाट विराटनगरको बुधनगरस्थित कष्टम याडसम्म रेल आइपुगेको छ । आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगरको कष्टम याडमा आइपुगेको हो ।

रेलमा भारतीय सरकार तथा भारतीय रेलवेका प्रतिनिधि सवार थिए । प्रोजेक्ट हेड आश्विनी कुमारका अनुसार आइतबार ‘बेस ट्रायल’ का लागि रेल नेपालको बुधनगरमा ल्याइएको हो ।

आइतबार दिउँसो पौने दुई बजे बथनाबाट गुडेको रेल कष्टम याडमा आइपुग्दा पौने ३ बजेको थियो । पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भइसकेको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ ।

तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ ।  निर्माण कम्पनीले मुआब्जा लगायत विवाद समाधान भएमा अबको डेढ वर्षमै रेल कटहरी गाउँपालीका पुग्ने दाबी गरेको छ ।

न्यू बिजी रेललाइन प्रोजेक्ट जोगबनी विराटनगरका प्रोजेक्ट हेड आश्विनी कुमारले दाबी गरेका हुन् । आँउदो दिसम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त ड्राईपोर्टको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्