Logo
१५ चैत्र २०८०, बिहीबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको बसन्तपुरमा पहिलो पटक कांग्रेसको शुभकामना कार्यक्रम

भुटाहा : सुनसरी स्थित क्षेत्र नं. ४ अन्तरगतको हरिनगर गाउँपालिका वडा नं. ५ (साविकको बसन्तपुर) मा पहिलो पटक नेपाली काँग्रेसले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा क्षेत्र नं. ४ का सांसद तथा काङ्ग्रेसका केन्द्रीय सदस्य  ज्ञानेन्द्रबहादुर कार्कीले काङ्ग्रेसले सबै परिस्थितिलाई बुझेका कारण आम नेपाली जनताको मन, मस्तिष्क र याे क्षेत्रका जनताहरुकाे लागि विकास गर्न मरिमितने ठाेस विकासकाे लागि अाफु सधैं तयार भएको धारणा व्यक्त गरे ।

हामी इद, बकरइद, करम पूजा, जितिया, विजयादशमी, दीपावली तथा छठपर्वको उपलक्ष्यमा शुभकामना दिदै उनले भने,- “समयको माग, जनताको भावना र देशको आवश्यकतालाई बुझेका कारण काङ्ग्रेस सबै जात जातीयका पार्टीका रुपमा रहिरहन्छ ।”

कार्यक्रममा सांसद कार्की, विशेष अथितिहरु, सैनानि संघ सुनसरी जिल्ला सभापति नद सिगदेल, क्षेत्र नं. ४ सभापति सदान मण्डल अथितिहरु जिल्ला सदस्य भिखारी मण्डल,  क्षेत्र नं. ४ सदस्य हाजि इसराईल मंसुरी, इशा अन्सारी, सिगमलाल यादव लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रम बसन्तपुर सभापति सुरेश प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीहरुले हामीहरुले कलपना समेत नगरेको सयाैं वर्ष देखि अन्धाराेमा बसिरहेको, पटक-पटक डुबानमा परेको, बाटो-घाटाे समस्या लगायतका समस्या रहेको बताएका थिए ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्