Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठपछि प्रदेश २ को होइन ओली नेतृत्वको केन्द्रिय सरकार ढल्दैछ : मन्त्री सोनल

वीरगन्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकार धरापमा पर्ने बताएका छन् । शुक्रबार बारामा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता मधवकुमार नेपालले छठ लगत्तै प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार गठन हुने बताएका थिए ।

नेता नेपालको उक्त अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै मन्त्री सोनलले छठलगत्तै प्रदेश २ को सरकार नभइ संघीय सरकार नै ढल्ने दाबी गरेका हुन् । ‘छठपछि प्रदेश २ को होइन, केन्द्रको सकार ढल्ने प्रबल सम्भावना छ’, बाराको विश्रामपुर गाँउपालिकाको बलिरामपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राजपाका महामन्त्रीसमेत रहेका मन्त्री सोनलले भने, ‘प्रदेश २ को सरकार यो एउटा छठ होइन अर्को चार वटा छठसम्म टसमस हुँदैन ।’

नेकपाका नेता नेपाललाई लक्षित गर्दै सोनलले भने, ‘प्रदेश २ को सरकार बदल्ने चिन्ता छोड्नुस्, काठमाडौँको आफनो सरकार बचाउन तिर लाग्नुस् ।’ विकास निर्माणको काम गर्न छाडेर संघीय सरकारका मन्त्री पार्टी कार्यालय उद्घाटनमा हेलिकप्टर चढेर जाने गरेको उनले बताए । ‘यदि जनताको चाहना अनुसार काम गर्न सक्दैनौ भने प्रदेश सरकारलाई नै अधिकार देऊ, प्रदेश सरकारले सबै काम गरेर देश चलाइदिन्छ ।’

संघीय सरकारको नेतृत्व गरिरहेको नकेपाका नेताबीच आफैँमा प्रधानमन्त्री र मन्त्री बन्ने विषयलाई लिएर रडाको चलिरहेको सोनलले बताए । ‘नेकपाका नेताबीच सधैँ मारपिट हुने अवस्था छ, सरकार र जनताबीचको सम्पर्क टुटिसकेको छ’, उनले भने, ‘त्यसैले काठमाडौँको सरकार कुन दिन ढल्छ ठेगान छैन ।’ संघविधान संशोधनको मुद्दा राजपाले नछाडेको मन्त्री सोनलले बताए । ‘जबसम्म संविधान संशोधन हुँदैन, तब सम्म हाम्रो संघर्ष चलिरहन्छ’, उनले भने ।

 

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्