Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतीक्षित ‘२.०’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं : यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘२.०’को ट्रेलर सार्वजनिक भएको छ । साउथ सुपर स्टार रजनीकान्त र बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सनिबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अक्षय कुमार खतरनाक लुक्समा देखिएका छन् । चलचित्रमा अक्षय, रजनीकान्तको अलावा यमी ज्याक्सनको मुख्य भूमिका रहेको छ । ट्रेलरमा रजनीकान्त र यमीको प्रेम देखाइएको छ भने अक्षयलाई भिलेनको रूपमा प्रस्तुत गरिएको छ ।

साउथमा ल्याएका प्रोडक्सनले निर्माण गरेको सिनेमालाई हिन्दीमा भर्सनमा करण जोहरको धर्मा प्रोडक्सनले डब गरेको छ । एस शंकरको निर्देशन रहेको चलचित्रको कथा लेखनपनि शंकरको हो ।

चलचित्रलाई सुवास करणले निर्माण गरेका हुन् । पाँच सय करोडको बजेटमा निर्माण भएको चलचित्र यही नोभेम्बर २७ तारिकमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्