Logo
१२ बैशाख २०८१, बुधबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री कार्कीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी लिएर इप्राका पुग्दा प्रहरीले उल्टै हप्काएपछि

काठमाडौं : प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् ।

गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै स्थानीयवासी आन्दोलित बनेका थिए । ठेकेदारलाई दवाव दिन आफूहरुले निर्माण कार्य अवरुद्ध बनाएपछि मन्त्रीले धम्की दिएको खनालको दावी छ ।

उजुरी लिएर आएका खनाललाई इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरिक्षक खड्गबहादुर खड्काले उल्टै हप्काइ दप्काई गरेका थिए । पछि प्रहरी नायव निरिक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए तर दर्ता नगरी गोजीमा हालेका छन् ।

यसअघि बुधबार २ देखि ३ बजेसम्म टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन व्यक्तिले खनालको घर घेरेका थिए । आफूलाई प्रदेशमन्त्री कार्कीको संरक्षण रहेको भन्दै उनीहरुले धम्की दिएको खनालले बताएका छन् ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्