Logo
१५ चैत्र २०८०, बिहीबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नम्रता, निश्चल र विपिनको ‘प्रसाद’ ट्रेलर सार्वजनिक

काठमाडौं : चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मङ्सिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर शुक्रवार चर्चित रियालिटी शो नेपाल आइडलबाट सार्वजनिक गरिएको थियो ।

निसन्तान दम्पत्तीको कथामा आधारित चलचित्र ‘प्रसाद’मा अभिनेताद्धय विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । सार्वजनिक ट्रेलरमा विपिन र नम्रता बिचको सम्बन्ध र यी दुईको सम्बन्धमा निश्चलको चलखेललाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा समावेश रहेको ‘लै लै’ बोलको गीत यति बेला चर्चामा छ । त्यस्तै अर्को गीत बनकी चरी पनि सार्वजनिक भइसकेको छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सञ्चारकर्मी सुशील पौडेलले कथा लेखेका हुन् ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुषाल र कोसिस क्षेत्रीको सङ्गीत, शिव विकको कोरियोग्राफी, हिमाल केसीको थ्रिल, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्