Logo
१३ बैशाख २०८१, बिहीबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कात्तिकमै हुम्लामा हिमपात, माइनस ६ डिग्री तापक्रम

हुम्ला : हिमाली जिल्ला हुम्लामा आइतबार बिहानबाट हिमपात सुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।

आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो। हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ ।

शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो । यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् ।

कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्