Logo
६ बैशाख २०८१, बिहीबार
(November 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा ३ नगरपालिका र ४ गाँउपालिकाबीच समुदाय प्रहरी साझेदारीपत्रमा हस्ताक्षर

इनरुवा :  सुनसरीमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम संचालन गर्नका लागी स्थानिय तह र जिल्ला प्रहरी कार्यालय बिच साझेदारीपत्रमा हस्ताक्षर भएको छ ।

विहिबार जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा तिन नगरपालिका र चार गाँउपालिका बिच समुदाय प्रहरी साझेदारी निमार्ण गर्ने समबन्धमा गरिएको साझेदारीपत्रमा सरोकारवालाहरुले हस्ताक्षर गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, दुहवी नगरपालिका मेयर वेदनारायण गच्छयदार र रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले छुट्टा छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

सोही कार्यक्रममा भोक्राहा नरसिह गाँउपालिका अध्यक्ष महेन्द्र यादव, हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारी, गढी गाँउपािलकाका अध्यक्ष श्रीप्रसाद यादव र बर्जु गाँउपालिकाका अध्यक्ष रधुनन्दन चौधरीले समेत हस्ताक्षर गरेका थिए ।

स्थानीय तहसँग समुदाय प्रहरी साझेदारी कार्यक्रममा हस्ताक्षर भए सगैसमुदाय प्रहरीबीच आपसी सम्बन्ध बलियो बनाएर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ साझेदारी कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमका सहभागी भएका स्थानिय तहका प्रमुखहरुले स्थानीय तह र प्रहरीबीच साझेदारीले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले नगरको विकास र समृद्ध नगर बनाउने योजना अनुसार साझेदारीलाई प्राथमिकता दिएर अघि बढने भएकाले शान्ति सुरक्षाको सवालमा अवस्था सुदृढ हुनेछ, नागरिकले शान्ति पूवर्क बाँच्न पाउने आशा राखिएको बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले शान्ति सुरक्षा बलियो बनाउन प्रहरी सित हातेमालो गरी नगर गाँउका सबै टोलमा शान्ति सुरक्षाका लागि टोलदेखि वस्ती र विद्यालयदेखि विश्वविद्यालयसम्म कार्यक्रम लिएर जाने योजना अघि सारेको उल्लेख गर्दै उनले सरकारी र गैर सरकारी दुबै निकायसित आगामी दिनमा सहकार्य गरिने बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले शान्ति सुरक्षा बलियो बनाउन समुदायसित सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएकाले स्थानीय सरकारसित साझेदारीका लागि सम्झौता गरिएको बताए ।

प्रहरी जनताको सुरक्षाका लागि हो, प्रहरी समुदायमा काम गर्छ, समुदाय र प्रहरी हरेक कार्यमा हातमालो गरी जान चाहन्छ, त्यसका लागि कार्यक्रम गरिएको बताउदै प्रहरी उपरिक्षक अधिकारीले यो कार्यक्रमलाई बलियो बनाउन स्थानीय तहसंग सम्झौता गरेकाले यसबाट शान्ति सुरक्षाको अवस्था बलियो र समुदायसंग प्रहरीको सम्बध बलियो हने विश्वास व्यत्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रत्येक व्यक्ति र प्रहरी बिचको सम्बन्ध बलियो हुने बताए ।

उनले कार्यक्रमले प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयबीच अन्तर सम्बन्ध विकास गरिने छ । जसको कारण सामाजिक अपराधमा कमी आउने अपेक्षा गरिएको छ ।

गृहमन्त्रालयले अपराध रोकथाम, सामाजिक विकृति विंगति विरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थापनमा सहयोग अभिवृद्धि गरी सामुदायिक सुरक्षा अभिवृद्धिका लागि देशभर कार्यक्रम सञ्चालन गरेको समेत फुयाले बताए ।

स्थानीय तह र प्रहरी कार्यालयबीच गरिएको साझेदारी पत्रमा काम कर्तव्य अधिकार, कार्यक्रमहरु समावेश गरिएका छन् । कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उप प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Nov 3, 2018

प्रतिक्रिया दिनुहोस्