Logo
११ बैशाख २०८१, मंगलबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः केशव स्थापित मन्त्रीबाट बर्खास्त

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।  बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो ।

उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।

त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए । स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीसँग हिजो यसबारे परामर्स गरेका गरेका थिए । प्रधानमन्त्री ओलीकै सल्लाहपछि मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्रीबाट बर्खास्त गरेको बताइएको छ ।

मुख्यमन्त्री पाेडेल नेतृत्वसंग छलफल गर्न भन्दै अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई लिएर बिहीबार काठमाडौं आएका थिए । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र पटकपटक आफ्नो अपमान गरेको भन्दै मुख्यमन्त्री पौडेलले आेलीलाई अस्पताल मै भेटेर उनीसंग काम गर्न नसक्ने जनाएका थिए ।

मन्त्री स्थापितले मुख्यमन्त्री पाैडेलमाथि दुर्व्यवहार गरेपछि उनी विरुद्ध मुख्यमन्त्री मात्रै नभएर सबै मन्त्रीहरु क्रुद्ध बनेका थिए । प्रदेशको मन्त्री परिषद्मा चर्काचर्की मात्र नभएर भएजति गाली गलाेजका शब्द प्रयोग गरेर स्थापितले पाैडेललाई हपमान गरेका थिए ।

मन्त्री स्थापितले ठूलो स्वर लगाएको भनेर स्विकार गरेपनि तिहार पछि सबै कुरा ठिक हुने भन्दै यसलाई सामान्य कुरा भएको जनाउदै आएका थिए । मिडियामा खुवै छाएका मन्त्री स्थापितले यस्ता कुराले आफूलाई खासै नछुने भनेर समेत टिप्पणी गरेका थिए ।

मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधारा २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरेका हुन् । मन्त्री स्थापितमाथि महिला हिंसा गरेको भन्दे याैन दुर्व्यवहारको आरोप समेत लागेको छ । उनी काठमाडाैं महानगपालिकाका पूर्वमेयर समेत हुन् ।

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्