Logo
१५ चैत्र २०८०, बिहीबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुम्ती मोड्ने क्रममा जीप दुर्घटना, चालक प्रहरीले नियन्त्रणमा

बागलुङ : बागलुङको ताराखोला गाउँपालिका–५ नाङ्गीबाट गल्कोट हटिया तर्फ जाँदै गरेको ग २ च ६१३४ नम्बरको जीप शुक्रबार दुर्घटना हुँदा पाँच यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय कोपिला घर्ती, धन कुमारी रोका, लिलामती बि.क, यमुना रोका, धनमाया रहेको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले बताए ।

घाइतेको उपचारका लागि गलकोटको हटिया स्थित इमरजेन्सी पोलिक्लिनिकमा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटना मा परेको प्रहरीले अनुमान गरेको छ । जीपका चालक पृथ रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्