Logo
८ बैशाख २०८१, शनिबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४७ वर्षपछि थाइल्याण्डसँग नयाँ हवाई सम्झौता, अब सातामा २८ वटासम्म उडान

काठमाडौं : नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि नयाँ हवाई सम्झौता भएको छ । शुक्रबार बिहान थाइल्याण्डमा भएको नयाँ सम्झौतासँगै सातामा २८ वटासम्म उडान गर्न पाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने सम्झौता थियो । दुई पक्षीय सम्झौतामा थर्ड ‘कन्ट्री कोड’ सेयरिङमा व्यवस्थापना गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीले पनि थाइल्यान्डका जनुसुकै सहरमा उडान भर्न पाउने छन् ।

थाइलाइनले सातामा तीन वटा मात्रै उडान गरिरहेको छ । नयाँ सम्झौतासँगै अब दुवै देशका एयरलाइन्सलाई उडान थप्ने बाटो खुलेको छ ।निर्माणाधिन विमानस्थलमा पनि यहि सम्झौताले उडानको बाटो खोलेको छ ।

नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

थाई पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यविन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाउने छन् ।

अहिले नेपाल एयरलाइन्सले थाइल्यान्ड उडान भरिरहेको छ भने थाइल्यान्डबाट थाई एयरवेज र थाइलाइन एयरले उडान भर्दै आएका छन्।
थाइल्यान्डबाट थाई एयरवेजले दैनिक काठमाडौंमा उडान गर्दै आएको छ ।

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्