Logo
६ बैशाख २०८१, बिहीबार
(November 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो माया कतारमामा जँहिले पनि हतारमा ….! (हेर्नुस् भिडियो)

बहुप्रतिक्षित गित ‘मेरो माया कतारमामा जँहिले पनि हतारमा’ बोलको गित (म्युजिक भिडियो) रिलिज भएको छ । चलचित्र ‘चोका दाउ’को उक्त गितलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

निर्देशक पुर्णेन्दु झाद्वारा निर्देशित चलचित्र चौका दाउको ‘मेरो माया कतारमा’ बोलको गितमा बरिष्ठ संगितकार, गायक तथा लेखक शम्भुजीत बास्कोटाको संगित तथा स्वर रहेको उक्त गितमा सुमन गुरुङले स्वर दिएकी छन् ।

श्रीपुरुष ढकालको शब्दमा बनेको गितमा बसन्त श्रेष्ठको कोरियोग्राफि रहेको छ भने, सन्तोष पन्त, तैयब शाह, विल्सनविक्रम राई, रवीन्द्र झा, बर्षा राउत, निर्मल शर्मा, अजस्र ढुङगाना र सोनिका केसीको अभिनय रहेको छ ।

चलचित्र चौका दाउमा विल्सनविक्रम राई, रवीन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुंगाना, रोशनी सापकोटा, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यसअघि आठ वटा चलचित्रमा कथा लेखिसकेका अग्रज संगितकार शम्भुजीत बासकोटाको चौका दाउ उनको कथामा निर्माण हुन लागेको नवौँ फिल्म हो । निर्देशक झाका निर्देशित चलचित्र ‘संरक्षण’ यसअघि गत वर्ष बजारमा आइसकेको छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्