Logo
७ बैशाख २०८१, शुक्रबार
(November 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवाका मेयर राजन मेहता विरुद्ध भ्रष्टाचार अभियोग सहित नगरसभाको माग

इनरुवा :  इनरुवा नगरपालिकाका मेयर राजन मेहता विरुद्ध खबरदारी अभियान सुरु गरेको नागरिक दवाव समुहले नगरप्रमुख विरुद्ध २१ बुदे माग राख्दै विशेष नगरसभाको माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गरि इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, प्रमुख प्रशासकिय अधिकृत टुवराज पोखरेल र कार्यपालिका सदस्यहरु समक्ष उक्त मागपत्र बुझाउदै सो माग गरेका हुन । दवाव समुहले नगरपालिकामा बुझाएको मागपत्रलाई उपमेयर जमुना गौतम पोखरेलले तोक आदेश लगाए पछि कार्यालयको दर्ता नम्बर २४८५ मा दर्ता गरिएको छ ।

यसै गरि प्रमुख प्रशासकिय अधिकृत टुवराज पोखेरलले नगर प्रमख राजन मेहतालाई सम्बोधन गरि कार्यपालिका बैठकमा पेश गरि समाधान खोज्न उपयुक्त देखि पेश गरेको छु भन्ने व्यहोरा उल्लेख गरि तोक आदेश लगाएको मागपत्रको दर्ता नम्बर २४८१ रहेको छ ।मेयर राजन मेहताले गरेका कार्यसम्पादनहरु कानुन विपरित भएको भन्दै छानविनका लागी अधिकार समपन्न छानविन आयोग बनाउन विशेष नगरसभा बोलाउन २१ दिनको समय सिमा समेत जागरुक नागरिक दवाव समुहले तोकेको छ ।

जागरुक नागरिक दवाव समुहका संयोजक पारसमणी यादव, सहसंयोजक दिनेशकुमार लम्साल, सहसचिव रामचन्द्र मेहता, तोया गिरि, सुरेश साह लगायतको टोलीले बुधवार नगरपालिकामा बुझाएको मागपत्रमा इनरुवा नगरपालिकामा २०७४ असार १४ गते को स्थानिय तह निर्वाचनमा निर्वाचित भएका नगरप्रमुख राजन मेहताले २०७४ असार २३ गते सपथ ग्रहण गरे पछि उहाँबाट भए गरेका कार्य सम्पादनहरु, आर्थिक खर्चको विवरण, विकास योजनाहरु, सवारीसाधन खरिद, इनरुवा नगरपालिकाका मेयर, उपमेयर, सम्पुर्ण वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको सम्पती विवरण, अर्थिक वर्ष २०७४/०७५ को खर्च विवरण समेत सार्वजनिक गर्नका लागी इनरुवावासीहरुको तर्फबाट मागहरु पेश गरिएको उल्लेख गरिएको छ ।

नागरिक दवाव समुहले पेश गरेको माग नगरसभाको आदेश र निर्णय आवश्यक रहेकाले यो ज्ञापनपत्र बुझाएको २१ दिन अर्थात ३ हप्ता भित्र विशेष नगरसभाको बैठक बोलाउन माग गर्दै नगरसभाका सदस्यहरुलाई मेयर राजन मेहताले कानुन र पदिय जिम्मेवारी विपरितका कार्यहरुका बारेमा जानकारी गराई उपप्रमुखले नगरसभाको बैठक बोलाउन र अध्यक्षता समेत गर्न माग गर्दछौ भनिएको छ । नागरिक दवाव समुहले मागपत्रमा प्रमुख दोषीका रुपमा नगरप्रमुख राजन मेहतालाई नागरिकहरुले प्रश्न उठाएकाले उहाँको उपस्थीतीमा सवै सवालहरु छानविन गर्न कानुनी रुपले नमील्ने भएकाले नगरसभाको माग गरेको समेत उल्लेख गरिएको छ ।

इनरुवा नगरपालिका भित्र व्यापक रुपमा फष्टाएको भ्रष्टाचार र अनियमितताका सम्वन्धमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरी र आयोगको केन्द्रीय कार्यालय टङालमा परेका उजुरी र दर्ता भएको करिब ३५ भन्दा बढी उजुरी उपर तुरुन्त छानविन गर्न जागरुक नागरिक दवाव समुहले मागपत्रमा उल्लेख गरेको छ । स्मार्ट सिटी परियोजना अन्तर्गत इनरुवा न.पा. भित्र भएका विकास निर्माण कार्य, बाटो विस्तार, ढल निमार्ण लगायत विभिन्न भौतिक पुर्वाधार विकास, माननिय संधाधन विकास, विद्युत विस्तार कार्य स्वीकृत मापदण्ड र गुणस्तर अनुसार भए नभएको बारे अधिकार सम्पन्न छानविन समिति बनाई अविलम्व छानविन गर्न समेत नागरिक दवाव समुहले मागपत्रमा उल्लेख गरेको छ ।

यसै गरि मागपत्रमा फरक फरक मापदण्डमा निमार्ण गरिएका स्मार्ट सिटि योजनाका सडक ढल निमार्ण र सो योजना लागु गर्ने नाममा भएका भेदभावपुर्ण काखापाखा गर्ने कार्यहरु मध्ये इनरुवा अस्पताल पश्चिम तर्फको सडक ढल , क्लासिक होटल नजिकको सडक ढल , जेलफिल्ड छेउको सडक ढल नभत्काई क्षेत्रफल साघुरो बनाउने काखापाखा गरि पहुच नभएकाहरुको जवरजस्ती भत्काउने कार्य गरेकाले भत्काएका घरधनीहरुलाई क्षतीपुर्ती दिन समेत माग गरिएको छ । मागपत्रमा नगरक्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, करको बृद्धी, सुकुम्बासी समस्या, रोजगारी, वातावरण संरक्षण, उपभोग्य खाद्यय सामाग्रीको बिक्रि वितरणमा उपभोक्ताहरुलाई पर्न गएको असुविधा लगायतका सवाललाई उठाईएको छ ।

प्रकाशित मिति: Nov 1, 2018

प्रतिक्रिया दिनुहोस्