Logo
७ बैशाख २०८१, शुक्रबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा महिनौदेखि शिशुलाई लगाईने विसीजी सुइको अभाव

जनकपुरधाम : नवजात वच्चाहरुलाई लगाउनुपर्ने पहिलो सुइको रुपमा रहेको विसीजी सुइको सिरिन्च धनुषामा अभाव हुँदा महिनौदेखि सयौं बच्चाहरु सुइ नलगाई घर फर्किनु परेको छ । जन्मे देखि लिएर एक वर्ष सम्ममा जति सक्दो छिटो लगाउनु सुइको रुपमा रहेको विसीजी सुइ जनस्वास्थ्य कार्यालय धनुषामानै सिधिएपछि जिल्लाभरिनै यसको प्रभाव परेको छ ।

धनुषा जिल्लामा खोपहरुको अवस्थाको बारेमा बुझ्न जनकपुरधाम पुगेका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासंघका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठका अनुसार विसीजी सुइको अभाव हुन नदिनका लागि आवश्यकता भन्दा पनि बढि सुइ खरिदका लागि खरिद प्रक्रिया अगाडी बढाइएपनि टेक्निकल समस्याका कारण खरिद गर्न नसकेपछि विसीजी सुइको सिरिन्च अभाव भएको वताएका छन ।

उनले महाशाखाले ११ लाख विसीजी सुइका लागि ५८ लाख वजेट छुटयाएर खरिद प्रक्रिया पनि अगाडी बढेको तर टेक्निकल समस्याका कारण खरिद प्रक्रिया स्थगित भएको बताउँदै विसीजी सुइको अभावको वारेमा महाशाखमा गम्भीर रहेको र वच्चाहरुले समयमा सुइलगाउनुपर्नेमा वच्चाहरुको अधिकारको हनन हुने भएकोले छिटै नै समस्याको निराकरण गर्ने प्रतिवद्धता जनाएका छन ।

यता वच्चाहरुको लागि अति आवश्यक रहेको विसीजी सुइ सकिनुभन्दा पहिले नै महाशाखा संग किन माग गर्नुभएन भनेर धनुषाका जनस्वास्थ्य प्रमुख हरिशचन्द्र साह संग प्रश्न गर्दा उनले मुलुक संघियतामा गएकोले कर्मचारीहरु यताबाट उता पठाउनुपर्ने समस्याका कारण समयमानै ध्यान दिन नसकिएको वताए । उनले जनस्वास्थ्य कार्यालय खारेजकै प्रक्रियामा रहेकोले विसीजी सुइ सर्टेज भएको वुझन सकिएन तर पनि अरु औषधीहरु जनस्वास्थ्यको स्टोरमा टन्नै भरिएकोले अब अभाव हुन नदिने प्रष्टीकरण दिए ।

वच्चाहरुलाई क्षयरोग टिवी रोग लाग्नबाट वचाउनका लािग जन्मेको एक वर्ष भित्रमा जती छिटो होस विसीजी सुइ लगाउनुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ । प्रदेश नं २ का केहि जिल्लामा अभाव हुने स्थितीमा रहेपनि धनुषा जिल्लामा विसीजी सुइको हाहाकार नै भएको छ ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्