Logo
११ बैशाख २०८१, मंगलबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाखौँ फलोअर्स भएका बिभिन्न अकाउन्टहरुलाई फेसबुकले डिलिट गर्‍यो

सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए ।

एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए ।

ती फेसबुकमा रंगभेद सम्बन्धी टिप्पणी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धका लेखलगायतका विभिन्न सामग्रीहरु शेयर गर्ने गरिएको थियो । फेसबुकले हटाएका कूल अकाउन्टको संख्या १० लाखभन्दा धेरै रहेको बताइएको छ ।

ती अकाउन्टहरु इरानबाट चलाइएको फेसबुकको दाबी छ । तर ती अकाउन्टको सम्बन्ध इरान सरकारसँग रहे नरहेको चाहिँ खुलेको छैन । ती अकाउन्टहरु डिलिट गरेको सूचना फेसबुकले विभिन्न अनुसन्धानकर्ताहरु, प्रविधि कम्पनीहरु तथा अमेरिका र बेलायतको सरकारलाई पनि गराएको छ । फेसबुक, ट्वीटर र गुगलले इरानको प्रोपोगान्डा रोक्नका लागि यस्ता कदमहरु बेलाबेलामा चाल्ने गरेको छ ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्