Logo
१३ बैशाख २०८१, बिहीबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली हान्नेलाई कारबाही नगरेसम्म शव उठ्दैन : अमरेशकुमार सिंह

काठमाडौं : सर्लाहीमा भएको झडपमा गोली चलाउनेमाथि कारबाही नगरेसम्म मृतकको शव नउठाउने कांग्रेस सांसद अमरेशकुमार सिंहले बताएका छन् ।

सर्लाहीको रामनगर – ४ मा नेकपा र कांग्रेस कार्यकताबीच झडप हुँदा स्थानीय रामविलास महतोको मृत्यु भएको छ । सांसद सिंहले मृतकलाई शहीद घोषणा गरी पीडित परिवारलाई राहत दिनुपर्ने माग राखेका छन् ।

एसपी पोषराज पोखरेलका अनुसार सर्लाहीको रामनगर–४ का ६२ वर्षीय रामविालास महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो ।

रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सामेबार एक समूहले आक्रमण गरेको थियो। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताएका थिए।

आक्रमणबाट वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।

नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित उनीमाथि कम्युनिस्ट कार्यकर्ताले आक्रमण गरेको बताइएको थियो। सोही विषयमा आज नेकपा र कांग्रेसका कार्यकताबीच झडप हुँदा गोली चलेको एसपी पोखरेलले बताए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको बुझिएको छ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्