Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीकै सेटिङ्गमा विस्फोटक पदार्थ भित्राइँदै, देखावटी रुपमा डिस्पोस

इनरुवा : सुनसरीको सिमा क्षेत्रवाट स्थानिय प्रहरीकै सेटिङ्गमा विस्फोटक पदार्थ भित्राई देखावटी रुपमा मुल वजार क्षेत्रबाट जफत गरि डिस्पोस गरिने काम भइरहेको खुलासा भएको छ ।

सुनसरीका सिमावर्ती क्षेत्रहरुवाट सौही क्षेत्रमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सिमा नाकाबाट दैनिकी नजराना उसुल गर्दै तस्करहरुलाई सरसमान नेपाल भित्राउन सहज वतावरण वनइदिने गरिएको स्थानियहरुको दावी रहेको छ ।

सुनसरीका दक्षिणवर्ती क्षेत्र कप्तागंज, सहावगंज, कोउवाखोज, शिसुवा, वसन्तपुर, घुस्कि, नर्सिह, श्रिपुर, लौकही, लगायतका क्षेत्रवाट अत्याधिक रुपमा तस्करहरुले बिस्फोटक पर्दाथ भित्राइने गरिएको स्थानियको दावी छ । भने प्रहरीले देखावटी रुपमा केहि विस्फोटक पर्दाथ जफत गरि डिस्पोज गर्ने गरिएको छ ।

उक्त क्षेत्रहरुमा रहेका रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले घुमुवालाई प्रयोग गरि दैनिकी नजराना, मासिक नजराना, जस्ता आर्थिक रकमको लोभमा देशको राजश्वमा चुहावट गर्ने गरेका छन् ।

नाम नखोल्ने शर्तमा एक व्यपारीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले मोटो रकम नदिएपछि जफत गर्नेगरेका आरोप लगाए । ‘तस्कारका नाइके त नेपाल प्रहरी र शसत्र नै हुन् पैसा दिएन भने जफतको नौटंकी रच्ने गरेका छन्’ उनले भने ‘यो डिस्पेज र जफत सब देखावटी नौटंकी हो ।’

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्