Logo
७ बैशाख २०८१, शुक्रबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौनजन्य हिंसाबाट जोगिन आत्मरक्षा तालीम

फाइल तस्विर

पोखरा : पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा शुरु भएको छ ।

इम्पावर ओमेन एण्ड चिल्ड्रेन नेपाल (इवाच) को समन्वयमा भएको तालीममा गण्डकी प्रदेशका सांसद रामजी बरालले सामाजिक विकृति र विसङ्गति विरुद्ध लड्न आत्मबल जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “कुनै व्यक्ति सफल हुन सहि विचार, साहस र विधिको प्रयोगले मात्र सम्भव हुन्छ ।”

पोखरा महानगरपालिका–१ का वडाध्यक्ष शारदाकुमारी पराजुलीले इच्छा शक्ति भएमा मात्र आत्मविश्वास र आत्मबल बढ्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद वस्तीले समस्या देखेर भाग्ने होइन आफ्नो सुरक्षा गर्न सक्ने क्षमताको विकास गर्न विद्यालयमा तालीमको आयोजना गरिएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने सो तालीममा तेक्वान्दो खेलाडी जीवन खाँतीले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा आकस्मिकरुपमा कसैबाट हुनसक्ने आङ्क्रमणबाट कसरी आत्मरक्षा गर्न सकिन्छ भन्ने विधिका बारेमा सिकाइने प्रशिक्षक खाँतीले जानकारी दिनुभयो । तालीममा कक्षा १० मा अध्ययनरत ५० छात्राको सहभागिता छ ।

तालीम प्रदेशका अन्य सामुदायिक तथा निजी विद्यालयसम्म पु¥याउने इवाच नेपालकी अध्यक्ष सुमिता बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्