Logo
१५ चैत्र २०८०, बिहीबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

चौतारा : रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार आयोजित स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षणबाट सो तथ्य फेला परेको हो ।

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा किशोर प्रधानाङको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी सहभागिता रहेको शिविरमा ३०० महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । नगरपालिकाले आयोजन गरेको सो शिविरको थाहा फाउण्डेशनले समन्वय गरेको थियो ।

उक्त शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा १५० जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै तीन जनामा सङ्क्रमणको पूर्व अवस्थाका बिरामी फेला परेका थिए । परीक्षणबाट पाठेघरको मुखमा मासु पलाएका सात जना, आङ खसेको छ जना र पाठेघरको मुख र ग्रन्थीकोे क्यान्सर दुई जनामा फेला परेको थियो ।

त्यसैगरी २०२ महिलाको स्तन क्यान्सरको परीक्षण गरिएकामा तीन जनामा क्यान्सरको सम्भावना देखिएको थियो भने तीन जनाको स्तनमा गाँठा फेला परेको थिए । शिविरमा दुई हजार ५०० लाई जनचेतानासम्बन्धी परामर्श प्रदान गर्नुका साथै २०० लाई निःशुल्क औषधि प्रदान गरिएको नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो ।

शिविर शुभारम्म कार्यक्रममा नगरपालिकाका प्रमुख अमानसिं तामाङ र थाहा फाउण्डेशनका अध्यक्ष सरु दाहालले स्वास्थ्य शिविर सञ्चालन गर्नुको औचित्य र उद्देश्य माथि प्रकाश पार्नुभएकोे थियो ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्