Logo
७ बैशाख २०८१, शुक्रबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्रस्व दीर्घको सफलता पछि एआइए स्कुलले ल्यायो सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत (भिडियो)

काठमाडौँ : नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीत्ले ठूलो सफलता पाएपछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ गीतबजारमा आएको छ ।

सेप्टेम्बर ३, २०१८ मा ‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् भने शो गीत कम समयमा नै निकै भाइरल भएको थियो ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको थियो ।

त्यस्तै अहिले सोही एआइए स्कुलका प्रवन्ध निर्देशक घिमिरेको शब्दमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरेका छन् जसले सामाजिक शिक्षा पढाउने छ । यस गीतमा शब्द संरचनाका लागि उनलाई साथ दिएका छन् खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेले लेखेका छन् । संगीत राजकुमार (सरगन) घिमिरे रहेको छ भने कलाकारको रुपमा एआइए स्कुल परिवार रहेका छन् ।

प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तिहारका देउसी भैलोको भाकामा तयार पारिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्