Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ : यही आउँदो कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चम्क्यो तारा’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइँटेल र सन्नी ढकालको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको सङ्गीत, मलिना राई र दौलत राईको स्वर रहेको छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

प्रार्थना फिल्मस्को ब्यानरबाट बनेको चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा संचिता र सन्नीको अलावा पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा छायाँकन सौरभ लामाको रहेको छ । चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

प्रकाशित मिति: Oct 29, 2018

प्रतिक्रिया दिनुहोस्