Logo
७ बैशाख २०८१, शुक्रबार
(October 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः नेपाली कामदार मलेसिया जाने बाटो खुल्यो, श्रमिकले बैंक खातामा पारिश्रमिक पाउने

काठमाडाैं : नेपाल र मलेसियाबीच एमआेयु सम्झाैता पत्रमा हस्ताक्षर भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानबीच काठमाडाैंको होटेल हायातमा सम्झाैता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् । कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ । भने, कामदारको करार अवधि दुई वर्षको हुनेछ ।

एमआेयुमा हस्तक्षर भएसंगै नेपाली कामदारले शून्य लागतमा मलेसिया जान पाउने भएका छन् । यस्तै, मलेसिया सरकारले बिमा सम्बन्धि नयाँ कानुन ल्याएमा नेपाली कामदारलाई स्वतः लागु हुने गरि सम्झाैता सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रकाशित मिति: Oct 29, 2018

प्रतिक्रिया दिनुहोस्