Logo
७ बैशाख २०८१, शुक्रबार
(October 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रम सम्झौता गर्न आएका मलेसियाका मन्त्रीले गरे पशुपतिनाथमा पूजा

काठमाडौं : मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका गरेका छन् ।

मन्त्री कुलासेगरनले पूजापछि बागमती किनारमा शवदाह गरिएकाे दृश्य केहीबेर अवलाेकन गरेका थिए ।

हिजो राती ११ बजे काठमाडौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर पूजा गरेका हुन् ।

नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम छ ।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार, मलेसियासँगको श्रम सम्झौतामा ११ बजे दुर्इ देशबीच हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति: Oct 29, 2018

प्रतिक्रिया दिनुहोस्