Logo
६ बैशाख २०८१, बिहीबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको भनाई उद्रृत गर्दै प्रचण्डको घोषणा : अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने

चितवन : अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै निर्माण हुने घोषणा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले गरेका छन् । आज भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशकै महत्वपूर्ण आयोजना मध्येको एक अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमै निर्माण हुने घोषणा गरेका हुन् ।

उनले भने-“मैले हिजो मात्रै प्रधानमन्त्री केपी ओलीसंग भेटमा कुरा राखे, उहाँले क्रिकेट रंगशाला चितवनमै निर्माण हुन्छ तपाईले घोषणा गरिदिनुस् भन्नुभयो ।” धुर्मुस सुन्तली फाण्डेशनको सहकार्यमा भरतपुर महानगरपालिकाले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा माग गरेको थियो ।

सो जग्गा त्रिभुव विश्वविद्यालयको मातहतमा रहेकोले अझै जग्गाको टुंगो भने लाग्न बाँकी छ । रंगशालाका लागि हेरिएको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि बल्ल रंगशाला निर्माणका लागि ढोको खुल्नेछ ।भरतपुर महानगरपालिकालले रामपुरमा रहेको जग्गा बराबर कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टा भर्ना स्वरुप साविक चित्रवन नगरपालिकामा रहेको सार्वजनिक जग्गा दिने निर्णय गरि सकेको छ ।

केही दिन अघि मात्र एक सार्वजनिक कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि चितवनमै अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको बताएकी थिएन् । उनले सो कार्यक्रममा भनिन्–“क्रिकेट रगंशाला चितवनमै बन्छ, निर्माण प्रक्रियामा केही ढिलाई भएको मात्रै हो ।”

मेयर दाहालले रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा बारे त्रिभुव विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच एक किसिमको समझदारी भईसकेको भन्दै अब बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने बताइन् ।

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्