Logo
६ बैशाख २०८१, बिहीबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिपिएल : सन्दीप लामिछानेको विराटनगर लगातार दोस्रो खेलमा पराजित, धनगढीको पहिलो जित

पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गतमा विराटनगर टाइन्स लगातार दोस्रो खेलमा पराजित भएको छ । विराटनगरलाई आइतबार भएको खेलमा एक्पर्ट धनगढी बुल्जले ७८ रनले पराजित गरेको छ ।

धनगढीको भने यो पहिलो जित हो। यसअघि शनिबार भएको खेलमा धनगढीलाई काठमाडौं रोयल्सले पराजित गरेको थियो। विराटनगर भने उद्‌घाटन खेलमा पोखरा पल्टनसँग पराजित भएको थियो ।

धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ‌ओभरमा १०४ रनमै अलआउट भयो ।

खराब ओपनिङ गरेको विराटनगर प्रदीप ऐरी ४ रनमा आउट भए । अर्का ओपनर सुनील धमालाले २१ रनको योगदान दिए। उनले १४ बलमा ४ चौका प्रहार गरे। पाकिस्तानी ब्याट्सम्यान मोहमद जइद अलामले १९ र एन्ड्रिउ सुवेक्षणले १८ रन भन्दा बढी जोड्न सकेनन् । राजु रिजाल ५ रन, किशोर महतो ९ रन, राजेश पुलामीमगर २ रन, जितेन्द्र मुखिया ९ रन र पुष्प थापा २ रनमा आउट भए। कप्तान सन्दीप लामिछाने अन्तिम विकेटको रुपमा १० रनमा आउट भए ।

पोखरा मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको धनगढी २० ओभरमा १ सय ८२ रनमा अलआउट भयो। धनगढीका लागि सौरभ खनालले बिस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा ४१ रन जोडे । अन्तिम बलमा अलआउट हुनुअघि उनले २ चौका र ५ छक्का प्रहार गरे ।

पिटर ट्रेगोले अर्धसतक प्रहार गरे ।  उनले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन जोडे भने सन्दीप जोराले १२ रन बटुले । ओपनरद्वय सन्दीप सुनार ९ र ड्यानियल लाउरेन्स २ रनमै आउट भएका थिए। दिलिप नाथ ८ रन र मन्जित श्रेष्ठ १ रनमै आउट भए। योगेन्द्रसिंह कार्कीले ६ रन जोड्दा रोबिन क्षेत्री १० रनमा रनआउट भए ।

बलिङमा विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिन सफल भए। सन्दीप लामिछाने, सुनील धमाला, किशोर महतो र मोहमद जइद अलामले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्