Logo
७ बैशाख २०८१, शुक्रबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छक्का पञ्जा- ३ को अदभूत कलेक्सन

काठमाडौं : घटस्थापना देखि प्रर्दशनमा आएको दीपक – दीपाको फिल्म छक्का पञ्जा -३ ले छक्का पञ्जा पहिलो र छक्का पञ्जा दोश्रोले गरेको लाईफ टाईम कलेक्सनको रेकर्डलाई समेत तोडिदिएको छ ।

यो फिल्मले १७ दिनमै यी सवै रेकर्ड तोड्दै गर्दा २० करोड कलेक्सनको नयाँ रेकर्ड पनि कायम गर्ने निश्चित देखिएको छ ।

रिलिजको १७ दिनमै छक्का पञ्जा- ३ ले अल नेपाल १६ करोड २० लाख कलेक्सन गरेर आफ्नै पूरानो रेकर्ड तोड्न सफल भएको हो ।  यो कलेक्सनमा राजधानीर मोफसलको  ग्रस कारोबार कारोबार करिब करिब  उस्तै छ । फिल्मले हिजो शनिबार सम्म राजधानी तर्फ ८ करोड २० लाख कारोबार गरेको छ भने मोफसल तर्फ ठीक ८ करोड देखिएको छ ।

दुई बर्ष अघि प्रर्दशित छक्का पञ्जा १ ले १ सय १७ दिनको लाईफटाईम रिलिजमा १६ करोड ग्रस कलेक्सन गरेको थियो भने छक्का पञ्जा २ ले ३१ दिनमा १५ करोड २५ लाख ग्रस कारोबार गरेको थियो ।

 

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्