Logo
७ बैशाख २०८१, शुक्रबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शानदार जितसहित लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

एजेन्सी : शानदार जितसहित लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले कार्डिफ सिटीलाई ४–१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन साडिओ मानेले दुई गोल गरे भने मोहम्मद सालह र जेर्डान शाक्विरीले एक एक गोल गरे । कार्डिफका लागि क्यालम प्याटर्सनले एक गोल फर्काए ।

१० औँ मिनेटमा सालहको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । ६६ औँ मिनेटमा मानेले अग्रता दोब्बर पारे । ७७ औँ मिनेटमा प्याटर्सनले कार्डिफका लागि गोल फर्काए ।

८४ औँ मिनेटमा शाक्विरीले गोल गरे लिभरपुलका लागि । त्यसको तीन मिनेटपछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–१ को जित दिलाए ।

जितपछि १० खेलबाट २६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा बोर्नमाउथले फुलह्यामलाई ३–०, ब्राइटनले वुल्भ्सलाई १–० तथा वाट्फोर्डले हडर्ल्सफिल्डलाई ३–० ले हरायो ।

लेस्टर सिटी र वेष्ट ह्यामले १–१ तथा साउथह्याम्पटन र न्युक्यासलले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्