Logo
१२ बैशाख २०८१, बुधबार
(October 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली कागजात बनाएर बिनाभिसा श्रम स्वीकृति दिएको अभियोगमा २७ जनाविरुद्ध मुद्दा

काठमाडौँ : भ्रष्ट आचरण भएका भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरूवा गरेका २५ कर्मचारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तिायरले श्रम कार्यालयका २५ कर्मचारीसहित २७ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मन्त्री विष्टले मन्त्रालयको नेतृत्व सम्हालेपछि ती सबै कर्मचारीलार्इ श्रम कार्यालयबाट सरूवा गरेका थिए ।

आयोगले वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालय काठमाडौँका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो । नक्कली कागजात बनाएर बिनाभिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले २५ जना कर्मचारी र २ जना विचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले रोजगारीका लागि कुवेत जान लागेका एक सय ८४ जना महिलालाई भिसाबिना नै श्रम स्वीकृति दिएको अनुसन्धानबाट खुलेको अख्तियारका उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

को को विरुद्ध मुद्दा ?

कर्मचारीहरु
शाखा अधिकृत हरिप्रसाद देवकोटा
शाखा अधिकृत दीपककुमार आचार्य
शाखा अधिकृत गणेश विक्रम शाह
शाखा अधिकृत दिनेश कुमार राई
शाखा अधिकृत पवित्रा श्रेष्ठ
शाखा अधिकृत रामप्रसाद ओली
नायव सुव्बा अमरराज जोशी
नायव सुव्बा विष्णुहरि निरौला
नायव सुव्बा दिलबहादुर खत्री
नायव सुव्बा हेमराज पाण्डे
नायव सुव्बा कर्णबहादुर नेपाली
नायव सुव्बा केदार घिमिरे
नायव सुव्बा मदन गिरी
नायव सुव्बा खगेन्द्र पोखरेल
नायव सुव्बा लक्ष्मीदेवी भूषाल
नायव सुव्बा नगेन्द्रप्रसाद गौतम
नायव सुव्बा रवीन्द्र घिमिरे
नायव सुव्बा रघुनाथ केसी
नायव सुव्बा योगेन्द्र खत्री
टा. नायव सुव्बा केशवराज ढुंगाना
कम्प्युटर अपरेटर अमर महरा
कम्प्युटर अपरेटर चक्रबहादुर पराजुली
कम्प्युटर अपरेटर डम्बर बहादुर विश्वकर्मा
कम्प्युटर अपरेटर धनवीरसिंह भाट
कम्प्युटर अपरेटर राजकुमार शाही

बिचौलियहरु
राजिवकुमार पञ्जियार
विकास थापा

प्रकाशित मिति: Oct 26, 2018

प्रतिक्रिया दिनुहोस्