Logo
४ बैशाख २०८१, मंगलबार
(October 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोहोरो अंकले घट्यो शेयर बजार, लगानीकर्ताको मनोबल कमजोर बन्दा ११ अर्ब स्वाहा

बैंकहरुमा लगानी योग्य रकमको अभाव भएका खबरहरु सार्वजनिक हुँदै गर्दा त्यसको असर सेयर बजारमा पनि देखिन थालेको छ। बुधबार अन्तिम समयमा केही सुधारीएको बजार बिहीबार भने लगानीकर्ताको मनोबल खस्कीँदा झण्डै दोहोरो अंकले तल झरेको छ।

बिहीबार बजार खुलेदेखि नै कारोबार सुस्त बनेको थियो क्रमिक रुपमा बजार परिसूचक नेप्से ओरालो लाग्दै गर्दा कारोबार रकमले पनि साथ नदिएको देखिएको हो ।

यस क्रममा बजार सूचक ८.८२ अंकले तल झरेर नेप्से १२४१.११ बिन्दुमा अडिएको छ । बजार सुस्त बनेपछि कारोबार रकम पनि २७ करोड ७१ लाख ८२ हजार रुपैयाँमा खुम्चिएको छ । 

बिहीबार  १५६ कम्पनीका ९ लाख ४८ हजार ५९३ कित्ता सेयरहरु ४ हजार ३ सय १७ पटक किनबेच भएका छन् । बजार तल झरेर कारोबार रकममा संकुचन आउँदा कारोबार चाप भने वाणिज्य बैंकहरुमा देखिएको छ । तर केही दिन पहिलेसम्म खरिद र बिक्रीको चाप सन्तुलित अवस्थामा रहे पनि बिहीबार भने बिक्री चाप अधिक देखिएको छ ।

वाणिज्य बैंकहरुले कर्जाको ब्यादर घटाउने आसमा समग्र बजार प्रतिक्षारत रहे पनि पछिल्ला केही दिनको घटनाक्रमले तत्काल ब्याजदर नघट्ने संकेत गरेको छ । यहि कारण लगानीकर्ताहरु सेयर किन्ने भन्दा पनि पर्ख र हेरको अवस्थामा रहेको देख्न सकिन्छ । कतिपय ऋण चलाएका लगानीकर्ताहरु भने ब्याजदर नघट्ने डरले सेयर बेच्न थालेका छन् ।

बिहीबार कारोबारमा आएका दश उप-समूह मध्ये ९ उपसमूह ओरालो लागेका छन भने एउटा समूह मात्रै उकालो लागेको छ ।यस क्रममा वाणिज्य बैंक र बीमा कम्पनीहरुले बजारलाई तल तानेका छन् । उत्पादन  मात्रै उकालो लागेको छन् ।

प्रभु बैंकको सेयरमा भने केही कारोबारीहरुले पहिलो त्रैमासमा धेरै नाफा कमाएको हल्ला चलाएर आफू अनुकुल कारोबार गर्राइ रहेका छन् । आम लगानीकर्ता पनि यही हल्लाको पछि लाग्दा प्रभु बैंकको सेयर केही दिन देखि अधिक कारोबार भई रहेको छ । स्मरण रहोस् केही समय अघि एनआईसी एशिया, एनएमबी लगायतका बैंकहरुको सेयर मूल्य पनि यस्तै हल्ला चलाएर उचालिएको थियो ।

प्रभु बैंकलाई बारोबार रकमका आधारमा अरु सात ओटा वाणिज्य बैंक तथा एउटा जलविद्युत र नेपाल टेलिकमले पछ्याएका छन् ।बिहीबार बजारमा छ्याङ्दी हाइड्रो,कन्काई विकास बैंक लगायतका मझौला कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

धेरै सेयर मूल्य घट्ने कम्पनीहरुमा पनि वरुण ,रैराङ्ग जस्ता जलविद्युत कम्पनी, समता मार्इक्रोफाइनान्स लगायातका मझौला कम्पनीको बाहुल्यता रहेको छ ।बिहीबार कारोबारमा आएका १५६ कम्पनी मध्ये ३१ ओटाको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको घटेको छ ।

बजार ८.८२ अंकले घटेसँगै लगानीकतार्को सम्पत्तिको आकार पनि एकै दिनमा झण्डै ११ अर्ब रूपैयाँले घटेको छ । बुधबार कायम भएको १४ खर्ब ९१ अर्ब रूपैयाँको पूँजीकरण बिहीबार १४ खर्ब ८० अर्ब रूपैयाँमा झरेको छ ।

प्रकाशित मिति: Oct 25, 2018

प्रतिक्रिया दिनुहोस्