Logo
१३ बैशाख २०८१, बिहीबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुमेह हुन नदिन र भएपछि कस्तो खानपान गर्ने ? यी ९ सरल घरेलु विधी अपनाउनुहोस्

एजेन्सी : साधारणतया हामीले खाएको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । प्याङ्क्रियाजबाट निस्कने इन्सुलिनले ग्लुकोजलाई कोषहरुमा पुर्‍याउँछ र शक्तिमा परिणत भई शरीरका विभिन्न कार्य सञ्चालनमा मद्दत पुर्‍याउँछ । इन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुँदा या प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुँदा रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ।

प्याङ्क्रियाजले इन्सुलिन बनाउन नसकेको अवस्थामा शुरुबाटै इन्सुलिन लिनुपर्ने हुन्छ । यस प्रकारको मधुमेह विशेषगरी बालबालिकामा हुन्छ।

बनेको इन्सुलिन शरीरले उपयोग गर्न नसक्दा पनि मधुमेह हुन्छ । साधारणतया ३० वर्ष नाघेका वयस्क व्यक्तिमा यस्तो हुने भए पनि परिवर्तित जीवनशैली, अस्वस्थकर खाना,  शारीरिक रुपले निस्क्रिय, मद्यपान, मानसिक तनाव लगायतका कारणले कम उमेरका व्यक्तिमा मधुमेहको समस्या देखिने गरेको पाइन्छ।

गर्भवती महिलामा पनि गर्भ रहेको ३ देखि ६ महिनामा मधुमेह देखिन सक्छ । तर, बच्चा जन्मेपछि भने मधुमेह ठीक हुन सक्छ । यस्तो समस्याबाट बच्न गर्भवती हुनु अघिदेखि शरीरमा चिनीको मात्रा कम राख्न शरीरको तौल पनि ठीक राख्नुपर्छ।

यी १० घरेलु उपाय अपनाएर मधुमेहको बिरामीले राहत पाउन सक्छन् :

१. कागतीः

मधुमेहका बिरामीलाई अत्याधिक प्यास लाग्ने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती निचोरेर पिउनाले प्यासको अधिकता शान्त हुन्छ ।

२. काँक्रोः

मधुमेहका बिरामीहरुलाई भोकाएको बेलामा थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लाग्छ । यो स्थितीमा काँक्रो खाएर भोक मेटाउँदा यसले फाइदा गर्छ ।

३. गाँजर पालुङ्गो

मधुमेहको रोगीहरुले गाँजर र पालुङ्गोको रस मिलाएर पिउनुपर्छ । यसले आँखाको कमजोरी समेत टाढा हुन्छ ।

४. शलगम

मधुमेहको रोगीले लौका, परवल, मेवा आदीको सेवन गर्नुपर्छ गर्नुपर्छ । शलगमको सेवनले रगतमा चिनीको मात्रा कम हुन थाल्छ । त्यसैले सलगमको सब्जी, परौठा, सलाद आदी परिकार बनाएर स्वाद परिवर्तन गर्दै लिन सक्नुहुन्छ ।

५. जामुन

मधुमेहको उपचारमा जामुन एक पारम्परिक औषधी हो । जामुनलाई मधुमेहका रोगीको फल भन्दा अतिशयोक्ति हुँदै किनभने यसको दाना, बोक्रा, रस र गुदी सबै मधुमेहको बिरामीको लागि फाइदाकारी हुन्छ । मौसम अनुरुप जामुको सेवन औषधिको रुपमा गर्नुपर्छ ।

६. जामुनको दाना

जामुनको दाना संगालेर एकत्रित गर्नुहोस् । यसको बिजमा जाम्बोलिन नामक तत्व पाइन्छ जसले स्टार्चलाई चिनीमा बदल्नबाट रोक्छ । जामुनको दानाको चूर्ण बनाएर राख्नुहोस् । दिनमा दुई तीन पटक तीन ग्रामको मात्रामा पानीको साथमा सेवन गर्नाले पिसाबमा सुगरको मात्रा कम हुन्छ ।

७. करेला

प्राचिन कालदेखि नै करेलालाई मधुमेको औषधिको रुपमा प्रयोग गरिएको छ । यसको कडा रसले रगतको मात्रा कम गर्छ ।

मधुमेहको रोगीले यसको रस दैनिक पिउनुपर्छ । यसले आश्चर्यजनक लाभ मिल्छ । हालसालै भएको एक नयाँ शोधका अनुसार उमालेको करेलाको पानीले मधुमेहलाई छिट्टै स्थायी रुपमा समाप्त गर्ने क्षमता राख्छ ।

८. मेथी

मधुमेहको उपचारको लागि मेथीदानको प्रयोगको पनि धेरै चर्चा छ । औषधि कम्पनीहरु मेथीको पाउडरलाई बजारसम्म ल्याएका छन् । यसले पुरानो मधुमेह पनि ठिक हुन्छ ।

मेथीदानाको चूर्ण बनाएर राख्नुहोस् । दैनिक बिहानबिहान खाली पेटमा दुई चियाचम्चा चूर्ण पानीको साथमा खानुहोस् । केही दिनमा नै तपाईं यसको अद्भुत क्षमता देखेर चकित हुनुहुन्छ ।

९. गहुँको जमरा

गहँुको विरुवामा रोगनाशक गुण हुन्छ । गहुँको सानासाना अंकुरको रसले घातकरोगहरुलाई पनि निको बनाउँछ । यसको रस मानिसको रगतसँग चालिसप्रतिशत मेल खान्छ ।

यसलाई हरियो रगतको नामले पनि चिनिन्छ । जमराको ताजा रस निकालेर आधा कप तुरुन्त पिउनुहोस् । दैनिक बिहान बेलुका आधा कपको मात्रामा यसको सेवन गर्नुहोस् ।

 

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्