Logo
७ बैशाख २०८१, शुक्रबार
(October 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक ११ बजे,पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल

काठमाडौं–  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज(आइतबार) बस्दैछ। प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको हो।

यसअघि गत असोज २४ गते र २७ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन। आन्तरिक तयारी नपुगेको तथा दसैंका बेला नेताहरु काठमाडौंमा उपलब्ध हुन नसकेको भन्दै सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो।

प्रकाशित मिति: Oct 21, 2018

प्रतिक्रिया दिनुहोस्