Logo
७ बैशाख २०८१, शुक्रबार
(October 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासी पूर्वको अरुणखोलामा बस दुर्घटना, ५ जनाको मृत्यु

कावासोती– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा ५१ जना घाइते भएका छन्।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आइतबार बिहान ५ बजेको समयमा अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार ५ जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए।

बसको बत्ती मधुरो रहेको र गति तीब्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए। दुर्घटनामा परी घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ। रासस

प्रकाशित मिति: Oct 21, 2018

प्रतिक्रिया दिनुहोस्