Logo
६ बैशाख २०८१, बिहीबार
(October 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजयादशमी मान्यजनको हातबाट टीका लगाएर मनाइँदै

काठमाडौं– असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी। आजको दिनलाई दसैंको सबैभन्दा मुख्य दिन मानिन्छ।

आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। आज ९ बजेर ५१ मिनेटको लागि विशेष साइत रहेको बताइएको छ। तर, आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ।

आज मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने चलन छ। साथै, घटस्थापनाको दिन राखिएको जमरा लगाइदिने चलन छ। जमरालाई समृद्धिको प्रतीक रुपमा प्रयोग गरिन्छ।
घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ।

प्रकाशित मिति: Oct 19, 2018

प्रतिक्रिया दिनुहोस्