Logo
८ बैशाख २०८१, शनिबार
(October 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बडादशैँको महानवमी : तलेजु मन्दिर खुला, सवारी साधनको पूजा

काठमाडौँ : बिहीबार देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ ।

यसै दिन सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

बिहीबार बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ ।

प्रकाशित मिति: Oct 18, 2018

प्रतिक्रिया दिनुहोस्