Logo
६ बैशाख २०८१, बिहीबार
(October 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रसाद’ को दोश्रो गीत ‘बनकी चरी’ सार्बजनिक (भिडियो)

काठमाडौँ : चलचित्र ‘प्रसाद’ मा समाबेश दोस्रो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेस लोक फ्लेवरको गीत सार्बजनिक गरिएको हो ।

‘बनकी चरी’ बोलको गीतमा अन्जु पन्त र रुपक डोटेलको स्वर रहेको छ । सुबाश भुसालको संगीत रहेको गीतमा बि.पाण्डेको शब्द रहेको छ । गीत सार्बजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार बिपिन कार्की,नम्रता श्रेष्ठ,निश्चल बस्नेत निर्देशक दिनेश राउत निर्माता सुबाश थापा लगाएत चलचित्र युनिट तथा संचारकर्मीको उपस्थिति रहेको थियो । सार्बजनिक गीतमा बिपिन कार्की,निश्चल बस्नेत र अन्जली अधिकारी फिचर छन् । गीतको भिडियो शिब बिकले कोरियोग्राफी गरेका हुन् ।

निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’मा विपिन र नम्रताले दम्पत्तिको भूमिका निर्वाह गरेका छन् । सुवास थापाको निर्माण रहेको ‘प्रसाद’को पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुर्याउन सक्छ भन्ने देखाउन खोजिएको छ ।

चलचित्रमा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहेको छ भने चलचित्र लाइ राजेश श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्र मंसिर २१ बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: Oct 15, 2018

प्रतिक्रिया दिनुहोस्